PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

बारामा अज्ञात समूहद्वारा वृद्धको घाँटी रेटी हत्या



राधेश्याम पटेल

बारामा अज्ञात समूहद्वारा वृद्धको घाँटी रेटी हत्या
प्रतीकात्मक तस्विर

वीरगंजः बारामा वृद्धको हत्या भएको छ। कलैया उपमहानगरपालिका-२३ कोइरिया टोलका करिब ६० वर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले बताए।

साढे आठ बजेको समयमा टोल नजिकैको गोठघरमा सुत्न गएको बेला अज्ञात समूहले धारिलो हतियारले पटेलको घाँटी रेटी हत्या गरेको हो। श्रीमतीसँगै रातिको समयमा गोठघरमै बस्दै आएको वृद्धको बीभत्स हत्याले टोल त्रसित बनेको छ। घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको प्रहरी प्रवक्ता राठौरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell