PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

पीपीएल : धनगढीको जितमा विदेशी खेलाडीको प्रभाव, सन्दीपको टोलीको लगातार दोस्रो हार



पहिलोपोस्ट

पीपीएल : धनगढीको जितमा विदेशी खेलाडीको प्रभाव, सन्दीपको टोलीको लगातार दोस्रो हार

काठमाडौँ : धनगढी ब्लुजले पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटमा पहिलो जित हात पार्दा दुई विदेशी खेलाडीले उच्च प्रदर्शन गरे।

विदेशी खेलाडीद्य पिटर ट्रेगो र ड्यानिएल लरेन्सको प्रदर्शन अनी सौरभ खनालको आक्रमक ब्याटिङ मद्दतमा धनगढीले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको हो। ट्रेगोले ब्याटिङमा ५३ रन बनाए भने लरेन्सले बलिङमा ३ विकेट लिए।

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढीको यो पहिलो जित हो। उता युवा स्टार सन्दीप लामिछानेको कप्तानीमा रहेको विपराटनगरको यो लगातार दोस्रो हार हो। उद्घाटन खेलमा विराटनगर पोखरा पल्टनसँग पराजित भएको थियो।

पोखरा रंगशालमा आइतवार विहान टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८२ रन बनाएको थियो। धनगढीको लागि ट्रेगोले सर्वाधिक ५३ रन बनाए। ३८ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे। नवौँ नम्वरमा ब्याटिङ गरेका सौरभ खनालले १३ बल खेल्दै २ चौका र ५ छक्काको मद्दतमा ४१ रन बनाए। कप्तान दीपेन्द्रले २९ रन जोडे। विराटनगरका लागि जितेन्द्र मुखियाले ४ ओभरमा ४९ रन खर्चेर ४ विकेट लिए।

जवाफमा १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.४ ओभरमा १०४ रनमै अलआउट भयो। विराटनगरका लागि कुनै पनि खेलाडीले टिकेर ब्याटिङ गर्न सकेनन्।

सुनिल धमलाले सर्वाधिक २१ रन बनाए भने विदेशी खेलाडी मुहमद जैद आलमले १९ रन जोडे। विरानटनगरलाई अलआउट गर्न धनगढीका लरेन्सले ४ ओभरमा १७ रन मात्र खर्चेर ३ विकेट लिए। कप्तान दिपेन्द्रले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell