PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

रातो किताब नआएपछि आज पनि बस्न सकेन कर्णाली प्रदेशको प्रदेशसभा बैठक



पी बी खड्का

रातो किताब नआएपछि आज पनि बस्न सकेन कर्णाली प्रदेशको प्रदेशसभा बैठक

सुर्खेत: कर्णाली प्रदेशसभा बैठक बस्दै नबसी स्थगित गरिएको छ। असोज २३ गते बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम (रातो किताव) मागेपछि संसद बैठक स्थगित गरिएको थियो। 

१९ दिनपछि आज दिउँसो १ बजेका लागि बोलाईए पनि सरकारको तयारी पुरा नभएपछि बैठक स्थगित गरिएको हो।

कांग्रेसले चालु आर्थिक वर्षको रातो किताव माग्दै संसद बैठक अवरुद्ध गरेको थियो। तर, आज भने प्रदेशसभा सचिवालयले प्राविधिक कारण देखाउँदै सुचना टाँस गरी १३ गते मंगलवार दिउँसो १ बजे सम्मका लागि स्थगित गरेको छ। 

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले आजको बैठक आफुहरुले अवरोध नगरेको बताए। ‘हामीले त ३९ औँ बैठकमै भनेका थियौँ। सरकारले रातो किताब ल्याउनु पर्छ र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा बोल्नु पर्छ भनेर,’ उनले भने,‘अहिले सम्म सरकारले आफ्नो तयारी पुगेन आज बैठक स्थगित गरेको हो।’  

यता, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्राविधिक कारणले आज संसद बैठक स्थगित गरिएको बताए। ‘सरकारले आफुले गर्ने काम तीव्र गरिरहेको छ। प्राविधिक कारणले रातो किताव नआएको हो। प्रदेशका विषयगत मन्त्रालय मध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय बाहेक अन्य सवैले रातो किताब तयार गरेर प्रदेशसभा सचिवालयमा बुझाई सकेका छौँ,’ उनले भने,‘भौतिकको बजेट बाँडफाँडमा केही ढिलाई भएकाले आउन सकेको छैन। अब छिट्टै आउँछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell