PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बेनिशाले तानिन् बैँकका सिइओलाई 'मिटु'मा



पहिलोपोस्ट

बेनिशाले तानिन् बैँकका सिइओलाई 'मिटु'मा

मिटु मुभमेन्टमा नायिका बेनिशा हमालले एउटा बैँकका सिइओलाई तानेकी छिन्। 

उत्सव रसाइलीसितको भिडियो अन्तर्वार्तामा बेनिशाले आफ्नो अनुभव सुनाउँदै ७/८ वर्षअगाडि एउटा बैँकका लागि फोटो सुट गराएकी र त्यसपछि बैँकका सिइओले नगरकोट जाने प्रस्ताव राखेको खुलासा गरेकी हुन्। 

उनका अनुसार प्रस्ताव बैँकका सिइओ आफैले राखेको नभएर फोटोसुटको मिडिया कोअर्डिनेट गरिदिनेले राखेका थिए। 

फोटोसुटपछि पेमेन्टको कुराका लागि पुतलीसडकको एउटा क्याफेमा उनीहरुले गरेको कुरा सम्झँदै बेनिशाले भनेकी छिन्- 'फोटोसुट सकियो। हाम्रो बैँकका सिइओ सरले नगरकोट जाउँ भनेर भन्नुभाथियो।'

'म त्यतिबेला १८/१९ वर्षकी थिएँ। मैले त्यस्तो कुरा कहिल्यै पनि फेस गरेकै थिइनँ,' उनले बैँकका सिइओको भने नाम थाहा नभएको बताएकी छिन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell