PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पीपीएल : बुटवल ब्लास्टर्सको लगातार दोस्रो जित



पहिलोपोस्ट

पीपीएल : बुटवल ब्लास्टर्सको लगातार दोस्रो जित

काठमाडौँ : उपाधिको दाबेदार मानिएको घरेलु टोली पोखरा पल्टनलाई पराजित गर्दै बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिग (पीपीएल)मा लगातार दोस्रो जित हात पारेको छ।

आइतवार पोखरा रंगशालमा भएको खेलमा सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले शरद भेषावकरको कप्तानीमा रहेको पोखरालाई ३३ रनले पराजित गरेको हो। लगातार दुई जितपछि बुटबलले ४ अंक जोडेको छ र अंकतालिकामा शीर्ष स्थानमा छ।

टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनाएको थियो। बुटवलका लागि भिम शार्कीले अर्धशतक प्रहार गरे। ४६ बल खेलेका उनले २ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५४ रन बनाए। भिमले तेस्रो विकेटका लागि रोहन मुस्ताफासँग ७३ रनको साझेदारी गरे। मुस्ताफाले ३५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाए। यस्तै सोमपाल कामीले २२ र सिद्धान्त लोहनीले १३ रन जोडे।

बलिङमा पोखराका विदेशी खेलाडी मोहमम्द नाभिदले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए।

१५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली पोखराले २० ओभरमा ९ विकेट गुमाएर ११७ रन मात्र नायो।

कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४ ओभरमा ३१ रनको साझदारी गर्दै गितलो सुरुवात दिलाएपनि कुशल आउट भएपछि नियमित अन्तरमा पोखराले विकेट गुमायो। पोखराका लागि आसिफ शेखले सर्वाधिक २० रन र कप्तान शरद भेषावकरले १९ रन बनाए।

पोखराका लागि कप्तान सोमपाल कामी, ललित सिंह भण्डारी, विपिन खत्री र रोहन मुस्ताफाले २-२ विकेट लिए। विपिन खत्रीले ४ ओभरमा १९ रन खर्चे। सागर पुनले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell