PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

नेकपाको चियापान : ४० लाख रुपैयाँ खर्च, ३० हजार सहभागी



बीपी साह

नेकपाको चियापान : ४० लाख रुपैयाँ खर्च, ३० हजार सहभागी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले शनिबार आयोजना गरेको चियापानमा ४० लाख रुपैयाँ खर्च भएको छ।

‘लगभग ४० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। अहिले बिलहरु आउन बाँकी रहेको छ,’ नेकपा केन्द्रीय लेखा विभागका प्रमुख खेम पौडेलले पहिलोपोस्टसँग भने,‘यो खर्च स्वभाविक हो।’

यसअघि एमालेले गरेको चियापानमा करिब १७ लाख रुपैयाँ खर्च भएको उनले बताए। पार्टी एकीकरण पछि भएको चियापानमा तीन गुणा बढी खर्च भएको छ।

पौडेलका अनुसार ५० हजारलाई निम्तो बाँडिएपनि ३० हजारभन्दा बढी सहभागी भएका थिए।

दशैं, तिहार, छठ लगायतका चाडपर्वका अवसरमा आयोजना गरिएको चियापानमा चिया र खाजाको जिम्मा अर्पणा क्याटरिङलाई दिइएको थियो। क्याटरिङले विशिष्ट व्यक्तिलाई स्याण्डवीच र पेडा तथा सर्वसाधारणलाई केरा र लड्डुको व्यवस्था गरेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell