PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

कोरियामा नेपालको प्रतिनिधित्व गर्दै ४ नेपाली मोडल



पहिलोपोस्ट

कोरियामा नेपालको प्रतिनिधित्व गर्दै ४ नेपाली मोडल

काठमाडौं: कोरियाको इन्चियन शहरमा हुने ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालको प्रतिनिधित्व गर्दै विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली शनिबार कोरिया प्रस्थान गरेका छन्।

२८ अक्टोबरदेखि १ नोभेम्बरसम्ममा कोरियोको इन्चियोनको सोङडो अन्तराष्ट्रिय व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्राण्ड हायात इन्चीयोनमा हुनेछ।

नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागी अदिति अधिकारी नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मोडल हन्ट २०१८’ की महिला विजेता हुन्। रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली सोही कार्यक्रमको फस्र्ट रनर्सअप र थर्ड रनर्सअप हुन्।

अर्का सहभागी विक्रम अदित्य मोडल ‘हन्ट नेपाल २०१७’ का विजेता हुन्। उनी २०१८ कै एशिया मोडल फेस्टीवल फेस अफ नेपाल विजेता पनि हुन् ।

सबै सहभागी नेक्स्ट मोडल्स नेपालको समन्वय तथा व्यवस्थापनमा कार्यक्रममा सहभागी भएका नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले जानकारी दिए।

सबै सहभागीलाई उक्त प्रतियोगीताका लागि तालिम र कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell