
काठमाडौँ : एएफसी यू-१९ वुमन्स च्याम्पियनसिप क्वालिफायरको पहिलो चरण पार गर्दै नेपाल दोस्रो चरणको लागि छनोट भएको छ।
थाइल्याण्डमा भइरहेको क्वालिफायरअन्तर्गत समूह बी बाट नेपाल दोस्रो चरणमा छनोट हुन सफल भएको छ। समूह चरणको खेलपछि थाइल्याण्ड, नेपाल र भारतको समान ६ अंक थियो।
समान अंक भएपछि तीन टिमबीचको गोल अन्तरको आधारमा थाइल्याण्ड पहिलो र नेपाल दोस्रो स्थानमा रह्यो। सन् २०१९ मा हुने अन्तिम चरणको लागि थाइल्याण्ड आयोजकले हैसियतमा यसअघि नै छनोट भइसकेको कारण उपविजेता भएपनि नेपालले अघिल्लो चरणमा प्रवेश पाएको हो।
पहिलो खेलमा थाइल्याण्ड्सँग पराजित भएपनि नेपालले भारत र पाकिस्तानलाई पराजित गर्यो। आज भएको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ९-० ले हराएको थियो। दोस्रो खेलमा भारतले थाइल्याण्डलाई १-० ले पराजित गर्यो।
त्यसपछि तीनवटै टोलीको समान ६ अंक भएपछि एएफसीको रुल एण्ड रेगुलेसन अनुसार थाइल्याण्ड पहिलो र नेपाल दोस्रो भएको हो।