PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

बिर्तामोडको एनएमबी बैँकबाट १७ लाख लुटियो



रासस

बिर्तामोडको एनएमबी बैँकबाट १७ लाख लुटियो

सुरुङ्गा : झापाको बिर्तामोडस्थित एनएमबी बैंकबाट आज अपराह्न एक व्यक्तिको रु १७ लाख लुटिएको छ।
 
बैंकमा रकम जम्मा गर्न आएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको रु १६ लाख ९९ हजार लुटेर लगिएको प्रहरीले जनाएको छ।

अपराह्न झोलामा रकम लिएर बैंक आएका गुरुङ काउण्टर अगाडि जम्मा गर्न भौचर भर्दै गर्दा एक व्यक्ति झोला बोकेर भागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए।

रकम लुटेर भाग्ने व्यक्तिको सिसी क्यामेरा फुटेजबाट पहिचान खुल्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell