PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

प्रधानमन्त्री भेट्न प्रचण्डसहितका ने क पाका शीर्ष नेता अस्पतालमा



पहिलोपोस्ट

प्रधानमन्त्री भेट्न प्रचण्डसहितका ने क पाका शीर्ष नेता अस्पतालमा

काठमाडौँः स्वास्थ्य अवस्थामा थप समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का शीर्ष नेताहरु अस्पताल पुगेका छन्। ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरु शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेका थिए।

यस्तै, ने क पाका महासचिव विष्णु पौडेल, नेताहरु भीम रावल पनि अस्पताल पुगेका छन्। अस्पताल परिसरमा अहिले नेपाल सरकारका मन्त्री र शुभचिन्तकहरुको उपस्थिति रहेको छ।

सम्बन्धित समाचार
प्रधानमन्त्री ओली अस्पताल भर्ना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell