PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख’, चिकित्सक भन्छन्, विदेश लैजानुपर्ने अवस्था छैन’



सागर बुढाथोकी

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख’, चिकित्सक भन्छन्, विदेश लैजानुपर्ने अवस्था छैन’

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्री उपचाररत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै स्वास्थ्य अवस्था क्रमिक सुधारोन्मुख रहेको जनाएको छ। 

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको जनाइएको छ। यस्तै, चिनीको मात्रा असन्तुलित देखिएको पनि अस्पतालले जनाएको छ। 


अस्पतकालका अनुसार प्रधानमन्त्रीलाई सोमबार बिहान करिब ४ः३० बजे भर्ना गरिएको हो। 

प्रधानमन्त्रीको उपचारका लागि सेन्टरले मुटुरोग विशेषज्ञ डा‍. अरुण सायमिको नेतृत्वमा तीन सदस्यीय टोली बनाएको छ। सायमिको नेतृत्वमा प्रधानमन्त्रीको निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह र डा. सन्तकुमार दासको टोली बनाइएको हो। 

उपचारको नेतृत्व गरिरहेको चिकित्सक सायमिले प्रधानमन्त्रीको अवस्था सुधारोन्मुख रहेको बताउँदै तत्काल विदेश लैजानुपर्ने अवस्था नरहेको बताए। एक/दुई दिन अस्पतलामै आराम गर्नकै लागि भर्ना गरिएको सायमिले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell