PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रधानमन्त्री भेट्न माधव नेपाल पुगे अस्पताल



पहिलोपोस्ट

प्रधानमन्त्री भेट्न माधव नेपाल पुगे अस्पताल

काठमाडौँः त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिकमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल पुगेका छन्।

यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि प्रधानमन्त्री भेट्न अस्पताल पुगेका छन्।

यसअघि ने क पाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री राम बहादुर थापा लगायत पनि अस्पताल पुगेका थिए। अस्पतालमा ने क पाका नेता कार्यकर्ता तथा शुभेच्छुकको बाक्लो उपस्थिति रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell