PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

राष्ट्रपतिको सवारीका कारण यी रुट दुईतर्फी बन्द, वैकल्पिक बाटो खोज्नुस्



पहिलोपोस्ट

राष्ट्रपतिको सवारीका कारण यी रुट दुईतर्फी बन्द, वैकल्पिक बाटो खोज्नुस्
फाइल फोटो

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीको कतार सवारीको कारणले राजधानीका केही स्थानमा सवारी आगमन प्रभावित हुने भएको छ।

राष्ट्रपति भण्डारी आज विहान साढे ११ बजे कतार जाने कार्यक्रम रहेको छ। शितल निवास, शिवपुरी स्कुल, बालुवाटार, छातागणेश, नक्साल भगवती, लोत्से चोक, रातोपुल, गौशाला, तिलगंगा, एयरपोर्ट क्षेत्रमा चल्ने सवारी साधनहरुको आवागमन दुइतर्फी रुपमा नै बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी राजकुमार लम्सालले जानकारी दिए। एसपी लम्सालले भने,' राष्ट्रपतिको ‌औपचारिक भ्रमण भएकाले सवारी हुनभन्दा केही समय अगाडिदेखि केही स्थानमा दुईतर्फी सवारी आगमन बन्द गरिएको छ।

एसपी लम्सालले सवारी चालकहरुलाई बैकल्पिक बाटो खोज्न समेत अनुरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell