PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

हिल्सा नाका र हिल्सा - जमुनाहा द्रुत मार्ग मुख्य प्राथमिकतामाः उपाध्यक्ष कंडेल



पी बी खड्का

हिल्सा नाका र हिल्सा - जमुनाहा द्रुत मार्ग मुख्य प्राथमिकतामाः उपाध्यक्ष कंडेल

सुर्खेतः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले कर्णाली प्रदेशको विकासलाई पहिलो प्राथमिकता राखेको बताएका छन्।सोमबार वीरेन्द्रनगरमा उनले कर्णाली प्रदेश विकासको सुचांकमापछि परेकाले पहिलो प्राथमिकतामा राखेको बताए।

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली' भन्ने नारालाई सार्थकता दिन कर्णाली प्रदेशलाई केन्द्रमा राखेको बताएका छन्। यहाँको पूर्वाधार निर्माणमा राष्ट्रिय योजना आयोगले प्राथमिकताका साथ लाग्ने बताए। अहिले योजना आयोगले कर्णाली प्रदेश सरकारको प्राथमिकतामा रहेको हिल्सा नाकासमेत प्राथमिकतामा राखेको उनले बताए।

‘विकासको सुचांकको हिसाबलेपछि परेको कर्णाली प्रदेश आयोगको प्राथमिकतामा रहेको छ। अहिले हामी १४ औँ योजनाको अन्तिम वर्षमा भएकाले समीक्षा गर्ने र २५ वर्षे दीर्घकालिन योजना निर्माण गर्ने तयारीमा छौँ।’ उनले भने,‘प्रदेश सरकारको प्राथमिकतामा रहेको हिल्सा नाका हाम्रो पनि मुल प्राथमिकतामा पर्छ।’

विकासको ढोका खोल्न पनि उत्तरी नाका आवश्यक रहेको उनको भनाइ छ। अहिलेसम्म कर्णाली प्रदेशको कुनै पनि नाका नजोडिएकाले हिल्सा नाका खोल्न आयोगको पहिलो प्राथमिकतामा परेको बताए।

जसरी प्रदेश सरकारले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको छ त्यसरी नै योजना आयोगले पनि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको उनले बताएका छन्। कर्णालीमा पहिलो प्राथमिकतामा सडक यातायात र हवाई यातायात, शैक्षिक क्षेत्र, स्वास्थ्य लगाएतका पूर्वाधार निर्माणमा राज्यको ध्यान जाने बताए।

हिल्सा–कोहलपुर–जमुनाहा द्रुत सडक मार्ग पनि योजना आयोगको प्राथमिकतामा परेको बताएका छन्। विकासको मुल आधार भनेको यातायात भएकाले कर्णालीको समृद्धिका लागि यो सडक मार्ग महत्वपूर्ण भएको उनले बताए। ‘कर्णालीको विकास र समृद्धिका लागि यातायात मार्ग महत्वपूर्ण हो।’ उनले भने,‘हिल्सा–कोहलपुर–जमुनाहा सडक पनि जसरी प्रदेश सरकारको प्राथमिकतामा छ त्यसरी नै योजना आयोगको पनि प्राथमिकतामा छ। हामीले अध्ययन अनुसन्धान गरेर काम अघि बढाउँछौँ।’

कर्णाली प्रदेशको विकासको मुख्य आधार पर्यटन उद्योग भएकाले योजना आयोगले यसलाई पनि प्राथमिकतामा साथ लैजाने बताएका छन्। ‘कर्णालीको विकासको महत्वपूर्ण आधार भनेको पर्यटन भएकाले योजना आयोगले यसलाई पनि मुल प्राथमिकतामा राखेर अघि बढ्छ’ आयोगका उपाध्यक्ष डा. कंडेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell