PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

मलेसियाका मन्त्रीले गरे पशुपतिको दर्शन



पहिलोपोस्ट

मलेसियाका मन्त्रीले गरे पशुपतिको दर्शन

काठमाडौँः नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन्।

करिब दुई घण्टा पाशुपत क्षेत्रमा रहेका उनले पशुपतिनाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गरेका थिए।

मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराएका थिए। सो अवसरमा कोषले धार्मिक पर्यटन प्रवर्धनमा सहयोग गर्न मलेसियाका मन्त्रीसँग आग्रह गरेको थियो।

सो क्रममा आफूले १० वर्षअघि नौ दिन नेपाल भ्रमण गरेको स्मरण गर्दै मन्त्री कुलाशेगरानले मलेसियाका हिन्दू धर्मावलम्बीलाई नेपाल भ्रमणका लागि आह्वान गर्ने बताएको कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिए। मन्त्री कुलाशेगरान नेपाल भ्रमणका लागि आइतबार राति काठमाडौँ आएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell