PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

हस्पिटलको बेडबाट प्रधानमन्त्रीले माधव नेपाललाई भने- 'ठीक छ'



सागर बुढाथोकी

हस्पिटलको बेडबाट प्रधानमन्त्रीले माधव नेपाललाई भने- 'ठीक छ'

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्ना गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेता तथा कार्यकर्ताहरुको घुइँचो बढेको छ। 

इन्फेक्सन फैलनसक्ने हुनाले अहिले प्रधानमन्त्रीलाई भेट्न रोक लगाइएको छ। 

तर बिहान पूर्व प्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीसित दोहोरो कुराकानी गरेका थिए। 

प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले भेटबारे सुनाए, 'मैले कस्तो छ भनेर सोधेँ। प्रधानमन्त्रीज्युले ठीक छ, आराम गर्दैछु। केही भएको छैन भन्नुभो।' 

नेपालले प्रधानमन्त्री पत्नी राधिका शाक्य र डाक्टरहरुसँग पनि कुरा भएको र बाहिर लानु पर्ने अवस्था नरहेको बताए। 
 
नेपाल अगाडि ने क पाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले पत्रकारहरुलाई केही प्रतिक्रिया दिएनन्।

त्यसैगरी पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेका थिए। उनीहरुले पनि पत्रकारलाई केही बताएनन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell