PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

काठमाडौं मल अगाडि स्वस्तिमा अभिनित 'बुलबुल' टिमको 'फ्ल्यास मोब'



पहिलोपोस्ट

काठमाडौं मल अगाडि स्वस्तिमा अभिनित 'बुलबुल' टिमको 'फ्ल्यास मोब'

काठमाडौं:  अभिनेत्री स्वस्तिमा खड्का अभिनित 'बुलबुल' टिमले फिल्मको प्रचार थालेको छ। निर्माण टिम अहिले फ्ल्यास मोब शैलीमा फिल्मको एक गीत सार्वजनिक गर्ने तयारीमा छ। यो शैलीमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न थाल्छन्।

फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिँदै छिन्। ‘खुद्रा खाद्री’ बोलको गीत कात्तिक १५ गते काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गर्ने बताइएको छ। बजारमा छरिएर रहेका डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जनाएका छन्।

मोफसलमा स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौं मल अगाडि भने स्वस्तिमा र अभिनेता मुकुन भुषालले पनि अरुसँगै नाच्नेछन्। त्यसपछि युट्युब मार्फत  गीत सार्वजनिक हुनेछ। 

भक्तपुरमा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।  कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ।

फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराईलगायतको अभिनय छ। फिल्म फागुन ३ मा रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell