PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

प्रम ओलीको स्वास्थ्य बुझ्न मध्यरात बालुवाटार पुगेकी डा. दिव्या सिंहले भनिन्, 'दशैँमा धेरैलाई टीका लगाउँदा जीवाणु सरेछ'



सागर बुढाथोकी

प्रम ओलीको स्वास्थ्य बुझ्न मध्यरात बालुवाटार पुगेकी डा. दिव्या सिंहले भनिन्, 'दशैँमा धेरैलाई टीका लगाउँदा जीवाणु सरेछ'

काठमाडौँः प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह अमेरिका थिइन। किड्नी कन्फ्रेन्सका लागि सिंह अमेरिका रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने बिरामी परे।

दशैँमा टीकाका दिन सर्वसाधरण समेतलाई टीका लगाइदिएका ओली त्यसयता कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्। त्यही टीका कार्यक्रमबाट नै संक्रमणको जीवाणु सरेको उनको निजी चिकित्सक सिंहको भनाई छ।

गत शुक्रबार नै प्रधानमन्त्रीको स्वाथ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले अस्पतालमै बस्न सुझाए पनि प्रधानमन्त्री शुक्रबार नै बालुवाटार फर्केका थिए।

तीन दिनसम्म बालुवाटारमा आराम गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि सोमबार बिहान पुनः अस्पताल लगिएको हो।

निजी चिकित्सक सिंह पनि सोमबार राति १ बजेमात्र नेपाल फर्किएकी हुन्। सिंह स्वदेश फर्कनासाथ राति २ बजे स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुगेकी थिइन्। बालुवाटार पुगेर स्वास्थ्य परीक्षण गरेपछि उनले प्रधानमन्त्रीलाई अस्पताल जान सुझाव दिइन। सिंहले राति २ बजे बालुवाटार पुगेर स्वास्थ्य परीक्षण गरेलगत्तै प्रधानमन्त्रीलाई ४ः३० बजे अस्पताल भर्ना गरिएको हो।

प्रधानमन्त्रीको स्वास्थ्य कसरी बिग्रियो? 
निजी चिकित्सक सिंह भन्छिन् ‘इम्युनिटी बढाउने औषधिले सुगर लेभल बढाएछ। दशैँमा टीका लगाउँदा धपेडी भएछ। धेरै मान्छे आउँदा मौसमी रूघाखोकीको जीवाणु आएछ। म हिजो राति १ बजेर १० मिनेटमा ल्याण्ड भएँ। २ बजे बालुवाटार पुगेँ। त्यसपछि स्वास्थ्य अवस्था चेक गरेर अस्पताल ल्याइएको हो। ६० प्रतिशत अवस्था सुध्रिएको छ। श्वासप्रश्वासमा संक्रमण भएछ। यहाँ औषधि र रेस्टको लागि ल्याइएको हो। बिरामीको मूल कारण धपेडी हो। आज अस्पताल नै राखिन्छ रेस्टको लागि। लोअर रेस्पीरेटरी ट्रयाक इन्फेक्सन भएको हो। चिन्ता लिनुपर्ने अवस्था छैन। रेस्टको जरूरत छ।’

सम्बन्धित समाचार
प्रम ओलीकी निजी डाक्टर दिब्या सिंह : 'डाक्टरलाई थाक्ने अधिकार हुँदैन'
प्रधानमन्त्री तीन दिन अस्पतालमै रहने, भएको के हो? यस्तो छ चिकित्सकहरुको ब्रिफिङ
आफ्नै गाडीबाट अस्पताल पुर्‍याइएका थिए प्रधानमन्त्री



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell