PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

विश्वकप ट्रफी आज वसन्तपुर घुमाइने, यसअघि कहाँ कहाँ घुमाइयाे?



रासस

विश्वकप ट्रफी आज वसन्तपुर घुमाइने, यसअघि कहाँ कहाँ घुमाइयाे?

काठमाडौ‌ंः विगत चार दिनदेखि नेपालमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अन्तिम दिन वसन्तपुर घुमाइँदैछ।

आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आज दिउँसो ट्रफी वसन्तपुर घुमाइने र अपराह्न भारत लगिनेछ। नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार चन्द्रागिरि पुर्‍याइएको थियो। आइतबार साँझ ट्रफी राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष सार्वजनिक गरिएको थियो।

आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गरिएको हो। नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याएको घिमिरेले बताइन्। विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ।

 क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो। एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफीटुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको थियो।

ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ। विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell