PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

पीपीएल : काठमाडौँको दोस्रो जित, विराटनगरको लगातार तेस्रो हार



पहिलोपोस्ट

पीपीएल : काठमाडौँको दोस्रो जित, विराटनगरको लगातार तेस्रो हार

काठमाडौँ : काठमाडौँ रोएल्सले पोखरा प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। सोमवार पोखरा रंगशालमा भएको खेलमा काठमाडौँले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गरेको हो। काठमाडौँको जितमा अलाउण्ड प्रदर्शन गर्दै भारतीय खेलाडी गौरव तोमरले २ विकेट लिनुका साथै अर्धशतक बनाए।

विराटनगरले दिएको १५० रनको लक्ष्य काठमाडौँले ४ बल बाँकी छदा ५ विकेट गुमाएर पुरा गर्‍यो। जितपछि ज्ञानेन्द्र मल्लको टोलीले अपराजित रहेर बुटवल ब्लास्टर्स समान ४ अंक जोडेको छ। सन्दीप लािमछानेलेको कप्तानीमा रहेको विराटनगरको भने यो लगातार तेस्रो हार हो। यस हारपछि विराटनगरलाई फाइनल तर्फको यात्रा तय गर्न कठिन बनेको छ।

काठमाडौँलाई जित दिलाउन विदेशी खेलाडी गौरव तोमरले लगातार दोस्रो खेलमा पनि अर्धशतक प्रहार गरे। उनले ४६ बल खेल्दै ६ चौका र ३ छक्काको मद्दतमा ६६ रन बनाए। यस्तै अमित श्रेष्ठले ३५ तथा कप्तान ज्ञानेन्द्रले १७ रन जोडे। अन्तिम ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै जित दिलाएका अमर सिंह राउटेला ९ रनमा नटआउट रहे। विराटनगरका शहाब आलमले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो। उसका लागि मुहमद जैद आलमले सर्वाधिक ६७ रन बनाए।  उनले ४७ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे। सुनिल धमला र राजेश पुलामी मगरले ३०-३० जोडे। काठमाडौँका सुशन भारी, बसन्त रेग्मी र गौरब तोमरले २-२ विकेट लिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell