PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

आमिरको 'ठग्स अफ हिन्दुस्तान'लाई पाँच हजार पर्दामा बाइस हजार सो



पहिलोपोस्ट

आमिरको 'ठग्स अफ हिन्दुस्तान'लाई पाँच हजार पर्दामा बाइस हजार सो

आमिर खान अभिनित फिल्म 'ठग्स अफ हिन्दुस्तान' दर्शकमा प्रतिक्षित बन्दै गएको छ। फिल्ममा आमिरसँगै अमिताभ बच्चन, फातिमा साना र कट्रिना कैफको मुख्य अभिनय छ। फिल्म एकसाथ ५००० पर्दामा रिलिज हुँदैछ। दर्शकको माग अनुसार फिल्मको सोहरु बढ्दै गएको बताइएको छ।

मल्टिप्लेक्समा फिल्मले प्रतिदिन ५-६ र सिंगल स्क्रिनमा ४-५ सो पाउने कुरा छ। फिल्मले भारतमा मात्र २२,००० सो पाउने कोइमोइमा उल्लेख छन्। आमिरको फिल्मले गर्दा मल्टिप्लेक्सले अन्य फिल्मलाई एउटा मात्र सो दिने कुरा बाहिरिएको छ। शनिबारबाटै फिल्मको एड्भान्स बुकिङ सुरु हुनेछ।

फिल्मको सोले बलिउडमा रेकर्ड नै तोडेको छ। 'पर्फेक्सनिस्ट एक्टर'ले यसअघि बलिउडमा 'थ्री इडियट्स', 'धूम थ्री', 'पिके', 'दंगल' जस्ता फिल्म दिइसकेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell