PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

गाँजरीकी जगुदेवीले १०१ वर्षमा पाइन् नागरिकता, चिनाबाटै बुझ्थिन् वृद्धभत्ता 



एम बम

गाँजरीकी जगुदेवीले १०१ वर्षमा पाइन् नागरिकता, चिनाबाटै बुझ्थिन् वृद्धभत्ता 

कैलाली: डोटी पूर्वी चौकी गाउँपालिकाकी जगुदेवी खड्काको नेपाली नागरिकता बनाउने सपना १ सय १ वर्षमा पुरा भएको छ। पूर्वी चौकी गाउँपालिका ७ गाँजरीकी जगुदेवीले जिल्ला प्रशासन कार्यालयमै पुगेर नागरिकताको प्रमाणपत्र बुझेकी हुन्। 

जगुदेवीलाई डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले आइतवार नागरिकता प्रदान गरे। उनलाई चिनाका आधारमा बुबा मैपति कुँवरका नामबाट नागरिकता प्रदान गरिएको हो। 

श्रीमान पहिले नै बितेका र हालसम्म चिना कै आधारमा वृद्ध भत्ता बुझ्ने गरेको उनले बताइन्। सबै काममा नागरिकता अनिवार्य हुने थाहा पाएपछि उनलाई नागरिकता बनाउने सुर चलेको थियो। तर एक्लै सदरमुकाम पुग्न सहज नभएकाले उनी सय वर्षको उमेरसम्म पनि नागरिकता पाउनबाट बञ्चित थिइन्। 

छोरालाई कर गरेरै भए पनि नागरिकता बनाउन सदरमुकाम लगिदिन आग्रह गरेपछि उनका छोरा तेजसिंङ खड्काले उनलाई सिलगढी पुर्‍याएर नागरिकता दिलाए। 

जगुदेवीका चार छोरामध्ये तीन छोराको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell