PahiloPost

Jan 11, 2026 | २७ पुष २०८२

जावलाखेलमा गोदावरी फूलको प्रर्दशनी हुने



पहिलोपोस्ट

 जावलाखेलमा गोदावरी फूलको प्रर्दशनी हुने

काठमाडाैंः फूलैफूलको पर्व मानिने तिहारकाे अवसरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी आयोजना हुने भएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी ललितपुरस्थित जावलखेल खेल मैदानमा आगामी विहीबारदेखि १२ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी आयोजना गर्न लागिएको जानकारी गराएको हो।

गोदावरी फूलको व्यवसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रर्दशनी आयोजना गर्न लागिएको एशोसिएशनका वरिष्ठ उपाध्यक्ष एव‌ं प्रर्दशनी आयोजक समितिका संयोजक मीनबहादुर तामाङले जानकारी दिए।

४ दिनसम्म चल्ने प्रर्दशनीमा ४४ वटा व्यवसायिक, ३ वटा सूचनामूलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रर्दशनी स्टल १ गरि ४८ वटा स्टल रहनेछन । प्रर्दशनीमा ३६ हजार बढीले अवलोकन गर्ने र ४५ लाखभन्दा बढी आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell