PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

यस्तो छ मंसिर १ गतेदेखि पुन: सुरु हुने ‘ए डिभिजन लिग’को खेल तालिका



पहिलोपोस्ट

यस्तो छ मंसिर १ गतेदेखि पुन: सुरु हुने ‘ए डिभिजन लिग’को खेल तालिका

काठमाडौं: मंसिर १ देखि पुन: सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले दोस्रोदेखि दशौँ राउन्डसम्मको खेल तालिका सार्वजनिक गरेको हो।

असोज १३ गतेदेखि सुरु भएको लिगको पहिलो राउन्डका खेलहरु दशैं अगाडि नै सम्पन्न भएको थियो। दशैं र तिहारको ब्रेकपछि लिग पुन: सुरु हुन लागेको हो। नेपालको राष्ट्रिय टिमले बंगबन्धु गोल्डकपमा सहभागिता जनाएपछि पहिलो राउण्डको दुई खेलपछि नै लिग प्रभावित बनेको थियो। त्यसपछि दुई ठूला चाडका कारण लिगका खेलहरु भएन।

दोस्रो राउन्ड अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र एनआरटी क्लब तथा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ। दुबै खेल हलचोकस्थि एपिएफको मैदानमा हुनेछ। 






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell