PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

गौचन हत्याको एक वर्षपछि समातिए तीन अभियुक्त, गुन्डा नाइकेलाई गोली हान्ने लोप्साङ पनि पक्राउ



पहिलोपोस्ट

गौचन हत्याको एक वर्षपछि समातिए तीन अभियुक्त, गुन्डा नाइकेलाई गोली हान्ने लोप्साङ पनि पक्राउ

काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनकाे हत्या संलग्न मुख्य तीन अभियुक्त एक वर्षपछि पक्राउ परेका छन्। 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले रोशन बुढाथोकी, लोप्साङ लामा र अम्बरबहादुर राना मगरलाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए।

यसबारे जानकारी दिन प्रहरीले अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्दैछ। 

२०७४ असोज २३ गते ल्यान्डक्रुजर प्राडोमा चढी सवार गौचनलाई बानेश्वरमा गोली हानी हत्या गरिएको थियो। हत्याको मुख्य योजनाकारको रुपमा प्रहरीले गुन्डा नाइके समिरमान सिंह बस्नेतलाई पक्राउ गरिसकेको छ। बस्नेत पुर्पक्षको लागि थुनामा छन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell