काठमाडौं: फिल्म 'गुनगुन'ले प्रचार थालेको छ। निर्माण टिमले फिल्मको दोस्रो गीत सार्वजनिक गरेको छ। प्रदीप भट्टराईको शब्द, विकास चौधरीको संगीत रहेको 'चम्क्यो तारा चमक्क' बोलको गीतमा गायिका मेलिना राई र दौलत राईको स्वर छ।
गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री सञ्चिता लुइँटेल र सन्नी ढकाल फिचर्ड छन्। रामजी लामिछाने निर्देशित फिल्ममा सौरभ लामाको छायाँकन रहेको छ। फिल्ममा सञ्चिता र सन्नीसँगै निर्देशक पुकार भट्टराई , नायक सुवास मेचे रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाललगायतको अभिनय छ।
कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने फिल्मले समाजको कथा समेटेको निर्देशक भट्टराईले बताए। उनले भने 'कथा सामाजिक नै हो, प्रस्तुतिमा केहि भिन्नता ल्याउने कोसिस छ’। प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ।