PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

साफ यू­-१५ च्याम्पियनसिप : बंगलादेशसँग हारेपछि नेपाल समूह उपविजेता, पाकिस्तानसँग सेमिफाइनल खेल्ने



पहिलोपोस्ट

साफ यू­-१५ च्याम्पियनसिप : बंगलादेशसँग हारेपछि नेपाल समूह उपविजेता, पाकिस्तानसँग सेमिफाइनल खेल्ने
PHOTO : ANFA

काठमाडौँ : घरेलु टोली नेपालले साफ यू-१५ च्याम्पियनसिपको सेमिफाइनलमा पाकिस्तासँग प्रतिस्पर्धा गर्ने भएको छ।

समूह चरणको अन्तिम खेलमा दश खेलाडीमा झरेर खेलको बंगलादेशसँग २-१ ले पराजित भएपछि नेपाल उपविजेता भएको हो।

पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको नेपाल एक जित र एक हारपछि समूह ए को उपविजेता बन्यो। समूहको दुवै खेल जितेको बंगलादेश समूह विजेता बनेको छ।

बंगलादेशले अब समूह बी को उपविजेता भारतसँग सेमिफाइनल खेल्नेछ।

इब्ने अहदले खेलको दोस्रो मिनेटमै गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। ३६औँ मिनेटमा जान लिम्बुले नेपालको लागि पेनाल्टीमा बराबरी गोल फर्काए।

बंगलादेशी गोलकिपर मिथुलले नेपाली खेलाडीलाई डि एरियामा फल गरेपछि उनले सिधै रातो कार्ड पाएका थिए भने नेपालले पेनाल्टी पाएको हो।

त्यसपछि दश खेलाडीमा झरेको बंगलादेशले दोस्रो हाफको सुरुमै गोल गर्‍यो। इब्ने अहेमेदले गोल गर्दै बंगलादेशलाई २-१ को अग्रता दिलाए। अन्तिमसम्म उक्त स्कोर कायम राख्दै बंगलादेशले खेल जितेको हो।

समूह बी अन्तर्गत सोमवारै भएको खेलमा भारतले भुटानलाई ४-० ले पराजित गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell