PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

पीपीएल : पारस खड्काको टोलीको लगातार दोस्रो हार, पोखरा ५ विकेटले विजयी



पहिलोपोस्ट

पीपीएल : पारस खड्काको टोलीको लगातार दोस्रो हार, पोखरा ५ विकेटले विजयी

काठमाडौँ : पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट को लागि अक्सनमा पारस खड्काको चितवन राइनोज र शरद भेषावरकको पोखरा पल्टन बलियो टोलीको रुपमा देखिएको थियो।

पोखराले पहिलो खेल जित्दै त्यसलाई सही सावित गरेको पनि थियो थियो तर पारस खड्काको चिवतन भने पहिलो खेलमै बुटवलसँग हार्‍यो।

पोखरा र चितवनबीचको खेललाई सबैले प्रतिक्षा गरेका थिए। सोमवार यी दुई टिमबीच खेल भयो। जसमा शरदको पोखराले पारसको चितवनलाई ५ विकेटले पराजित गर्दै आफू बलियो भएको प्रमाणित गर्‍यो।

पोखराले अहिलेसम्म ३ खेल खेलिसक्दा दुईमा जित र एकमा हारको नतिजा निकालेको छ। तीन खेलबाट घरेलु टोली पोखराको ४ अंक छ। लगातार दुई खेल जित्दै अपराजित रहेको बुटवल ब्लास्टर्स र काठमाडौँ रोएल्सको पनि समान ४ अंक नै छ। राम्रो रनरेट रहेको बुटवल शीर्ष स्थानमा छ भने पोखरा दोस्रो स्थान उक्लिएको छ।

उपाधि दाबेदार अर्को टोली चितवन भने लगातार दुई हारपछि अंकविहिन छ। सन्दीप लामिछानेको विराटनगरले पनि लगातार तीन खेल हारिसकेको छ।

पोखरा रंगशालमा घरेलु टोली पोखराले चितवनले दिएको १४१ रनको लक्ष्य १७.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। पोखराको जितमा भारतीय खेलाडी रविइन्दर सिँहले सर्वाधिक ६५ रन बनाए। ४८ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे।

रनको खाता नखोल्दै दुई ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शुन्यमा गुमाएको पोखराको इनिङ्स उकास्न सिंहले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे। रोहितले १९ रन बनाए। यस्तै कप्तान शरद भेषावकरले ३७ रन जोडे। २० बल खेलेका शरदले समान ३ चौका र छक्का प्रहार गरे। चितवनका लागि करण केसीले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १४० नर बनाएको थियो। चितवनका लागि भारतीय खेलाडी सन्नि पटेलले सर्वाधिक ४६ रन बनाए। २७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ४६ रन जोडे। यस्तै कप्तान पारस खड्काले ४४, सोनु तामाङले १९ रन बनाए। पोखराका विक्रम भुसालले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell