PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

प्रम अाेलीलार्इ भेटेपछि देउवाले भने : स्वास्थ्य सुधारोन्मुख छ



सागर बुढाथोकी

प्रम अाेलीलार्इ भेटेपछि देउवाले भने : स्वास्थ्य सुधारोन्मुख छ

काठमाडौँः पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ भेटेका छन्।

देउवा सोमबार साँझ प्रम ओलीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल महाराजगञ्ज  पुगेका हुन्। स्वास्थ्य अवस्था बुझेर फर्किने क्रममा देउवाले प्रम ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको प्रतिक्रिया दिए।

उनले भने, 'यो अवस्थामा राजनीतिक कुराकानी हुने कुरा भएन। उहाँको स्वास्थ्य अवस्थाबारे सोधेर आएँ।  सुधार हुँदैछ भन्नु भएको छ।'

आज बिहान ओली अस्पताल भर्ना भएका हुन्। प्रम ओलीको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।

चिकित्सकका अनुसार छातीमा संक्रमण बढ्नुका साथै रगतमा सुगरको मात्रा समेत बढेका कारण स्वास्थ्यमा समस्या देखिएको हो। 
मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई सामान्य रुघाखोकी लाग्दा पनि इन्फेक्शन हुन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell