PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

कञ्चनपुरमा जबर्जस्ती गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि श्रीमान् पक्राउ



रासस

कञ्चनपुर :आफ्नै  श्रीमानले जबर्जस्ती यौन सम्पर्क राखेको भन्दै भीमदत्तनगरपालिका–२ भाँसीकी मञ्जु बडालले प्रहरीमा उजुरी दिएकी छिन्।
 
श्रीमान् डम्बर जोशीले जबर्जस्ती यौनसम्पर्क राखेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए।

“उजुरी दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरेका छौँ,” उनले भने। उजुरी दर्तापछि डम्बरलाई पक्राउ गरिएको छ।
 
मुलुकी अपराध संहिता लागू भएपछि यस्तो प्रकारको घटना पहिलो पटक आएको उनले बताए। मुलुकी अपराध संहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसूरमा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरे पाँच वर्ष कारागार सजायको व्यवस्था छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell