PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधारः खोकी कम हुँदै, अस्पतालले १० बजे स्वास्थ्य अवस्थाबारे जानकारी दिने



पहिलोपोस्ट

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधारः खोकी कम हुँदै, अस्पतालले १० बजे स्वास्थ्य अवस्थाबारे जानकारी दिने

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। सोमबार साँझ ६ बजे अस्पतालले प्रधानमन्त्री ओलीको पछिल्ला परीक्षणका रिर्पोट सुधारोन्मुख  र स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको थियो। उपचारमा संलग्न चिकित्सक डा. सन्तकुकार दासले मंगलबार बिहानसम्म खोकी कम हुँदै गएको बताए।

दासले भने ‘स्वास्थ्यमा सुधार हुँदैछ। खोकी कम भइरहेको छ। चिन्ता लिनुपर्ने अवस्था छैन।’

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे मंगलबार बिहान १० बजे जानकारी दिँदैछ। सोमबार बिहान र साँझ २ पटक विज्ञप्तिमार्फत अस्पतालले स्वास्थ्यबारे जानकारी दिएको थियो।

स्वास्थ्य अवस्था थप बिग्रिएपछि निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। प्रधानमन्त्रीको छातीमा संक्रमण देखिनुका साथै, शरीरमा चिनीको मात्र असन्तुलन रहेको केन्द्रले सोमबार बिहान जानकारी दिएको थियो।

केन्द्रले मुटुरोग विशेषज्ञ डा. अरुण सायमिको संयोजकत्वमा डा‍. दिव्या सिंह र डा. सन्तकुमार दासको नेतृत्वमा उपचार टोली बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell