PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

प्रधानमन्त्री ओलीले डाक्टरलाई भने ‘मलाई ७२ घण्टामा डिस्चार्ज गर्दिनुस्’



प्रवीण रानाभाट

प्रधानमन्त्री ओलीले डाक्टरलाई भने ‘मलाई ७२ घण्टामा डिस्चार्ज गर्दिनुस्’

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ। उपचारत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार बिहान स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै परीक्षण रिपोर्टहरु सकारात्मक रहेको जनाएको छ। प्रधानमन्त्रीको रगत र छातीको एक्स–रे सकारात्मक रहेको केन्द्रले जनाएको छ।

छातीमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलन भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको पनि केन्द्रले जनाएको छ। केन्द्रले प्रधानमन्त्रीको उपचारका लागि प्रा.डा. अरुण सायमीको संयोजकत्वमा तीन सदस्यीय टोली बनाएको छ। टोलीमा डा. दिव्या सिंह र डा. सन्तकुमार दास रहेका छन्। 

स्वास्थ्य अवस्था जानकारी दिँदै डा. सायमीले प्रधानमन्त्रीले मंगलबार बिहान ब्रेकफास्ट गरेको र दाह्री काटेको बताए। 

यस्तै, चिकित्सकहरुलाई प्रधानमन्त्रीले ७२ घन्टामा आफूलाई डिस्चार्ज गर्न पनि आग्रह गरेको बताए। चिकित्सक सायमीले प्रधानमन्त्रीलाई कम्तीमा सात दिनसम्म एन्टिवायोटिक चलाउनु पर्ने बताए। प्रधानमन्त्रीको आग्रह डिस्चार्जका लागि आफूहरु प्रयत्नशील रहेको पनि सायमीले बताए। 

सायमीले स्वास्थ अवस्था सुधार भए पनि निवास फर्काइदा इन्फेक्सन हुने सम्भावना रहेकाले अस्पतालमा नै रेस्टका लागि राखिएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell