PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

गौतमबुद्ध विमानस्थलको 'रनवे' कालोपत्रे सुरुः ६ महिनामा सकिने, २०१९ अगस्टबाट सञ्चालनमा आउने



पहिलोपोस्ट

गौतमबुद्ध विमानस्थलको 'रनवे' कालोपत्रे सुरुः ६ महिनामा सकिने, २०१९ अगस्टबाट सञ्चालनमा आउने

काठमाडौँः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको रनवे पिच गर्ने काम आजबाट सुरु भएको छ। अबको ६ महिनाभित्र रनवेको पिच सम्पन्न हुने पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए।

सन् २०१९ अगष्ट सम्ममा विमानस्थल निर्माणको कार्य सम्पन्न भई सञ्चालनमा आउने उनले बताए। विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले ठेकेदारले चार महिनामै कालोपत्रको काम सक्ने प्रतिबद्धता जनाएको जानकारी दिए।

अधिकारीका अनुसार धावनमार्गको लम्बाई तीन किलोमिटर रहेको छ। विमानस्थलको काम बिहान ६ बजेदेखि राति १२ बजेसम्म भइरहेको छ। चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन  र स्थानीय ठेकेदारले दुर्इ सय कामदार परिचालन गरेर रातिसम्म काम गरिरहेको अधिकारीले बताए। उनका अनुसार विमानस्थल बनाउन चिनियाँ ७० जना र नेपाली १ सय ३० जना कामदार खटिएका छन्।

यसै गरी विमानस्थलको  कन्ट्रोल टावर निर्माण गर्न लागिएको आठौँ तल्लामध्ये सातौँ तल्लाको काम अहिले भइरहेको छ। आवागमन र अध्यागमनतर्फको निर्माण कार्य ७० देखि ८० प्रतिशत सकिसकेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell