PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

यस्तो भयो 'मिस एभिएशन क्विन–२०१८'का प्रतिस्पर्धिहरुको ट्यालेन्ट राउण्ड



पहिलोपोस्ट

यस्तो भयो 'मिस एभिएशन क्विन–२०१८'का प्रतिस्पर्धिहरुको ट्यालेन्ट राउण्ड

काठमाडौं: 'मिस एभिएशन क्विन–२०१८'का प्रतिस्पर्धिहरुले भैरहवामा प्रतिभा प्रस्तुत गरेका छन्। एयर होस्टेसको प्रशिक्षण लिइरहेका तथा प्रशिक्षण लिइसकेका २० जना सुन्दरीले ट्यालेन्ट राउण्डमा प्रतिभा प्रस्तुत गरेका हुन्।

कार्यक्रममा अधिकांशले नृत्य, गायनसहितका प्रतिभा प्रस्तुत गरे। प्रतियोगिहरु एञ्जिला शेर्पा, कृति खत्री, रीया भारती, एलिशा चौलागाईं, सची पौडेल, सुमी पोर्टेल, छुनु सेन्चुरी, दिपिका पाठक, श्रेया सिंह ठकुरी तथा नेहा चौधरीले नृत्य प्रस्तुत गरे।

अनिशा न्यौपाने, बबिना अर्जेल, पुनम लिम्बु तथा आँचल खड्काले गायन प्रस्तुत गरेका थिए। त्यसैगरी दिक्षा चौधरी तथा कविता घलेले वक्तित्व कला प्रस्तुत गरे भने एन्जिमा शेर्पा तथा लक्ष्मी तामाङले गजल प्रस्तुत गरे। रीजा उदयले भने मेकअप प्रस्तुत गरेकी थिइन्।

कार्यक्रमका निर्णायकमा अभिनेता रोहित रुम्बा तथा गोपाल ढकाल छन्देसहित ‍वसन्त श्रेष्ठ, विष्णु ढकाल तथा विष्णु थापा ‍रहेका थिए। यो प्रतियोगिता ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मसले साहारा ईन्टरनेशनल एयरहोस्टेस एकेडेमीसँगको सहकार्यमा आयोजना गरेको हो।

प्रतियोगिताको ग्राण्ड फिनाले कात्तिक १७ गते काठमाडौंमा हुनेछ। प्रतियोगिताका विजेताले आन्तरिक उडानतर्फको एयरलाइन्समा काम गर्ने मौका पाउने बताइएको छ। एसराज गराचले प्रतियोगिताका कोरियोग्राफर हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell