
काठमाडौं: पछिल्लो समय सर्ट फिल्महरु धेरै बन्न थालेका छन्। यसैबीच गीतकार मनिष बसिस्ठको रुचि पनि सर्ट फिल्ममा देखिएको छ। उनले हालै फिल्म 'काल मेरो साथी' बनाएका छन्। पछिल्लो समय उनले 'पखेटा' र 'मुखौटा'बोलको गीत सार्वजनिक गरेका थिए।
'काल मेरो साथी'मा रङ्गकर्मी जीवन भट्टराई र दीपेन्द्र शाहीको अभिनय छ। कथा लेखनमा मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले साथ दिएकी छिन्। फिल्मलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन्। रुपेश खड्काको सम्पादन रहेको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन्।
निकेशले भने 'हामीले परिस्थितिलार्इ सिम्बोलिक रुपमा देखाउने कोसिस गरेका छौँ। भिडियोले एक किसिमको सोच सिर्जना गर्छ भन्नेमा आश्वादी छु'। त्यस्तै गीत बनाउने क्रममा सर्ट फिल्म बनेको बताउँछन् मनिष। उनले भने 'मेरो रचनामा तयार भएका अघिल्ला गीतहरु फरक नै छन्। दर्शकबाट आउने प्रतिक्रियाले हामीलाई अगाडी बढ्न अझै हौसला मिल्नेछ'।