PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

एल क्लासिकोमा हारपछि रियल मड्रिडको प्रशिक्षक लोपेटगुई बर्खास्त



पहिलोपोस्ट

एल क्लासिकोमा हारपछि रियल मड्रिडको प्रशिक्षक लोपेटगुई बर्खास्त

स्पानिस जायन्ट रियल मड्रिडले क्लबको मुख्य प्रशिक्षक पदबाट युलेन लोपेटगुईलाई बर्खास्त गरेको छ।

लोपेटगुई प्रशिक्षक भएयता क्लबले राम्रो प्रदर्शन गर्न नसकेको र एल क्लासिकोमा बार्सिलोनासँग लज्‍जासपद हार बेहोरेपछि लोपेटगुई प्रशिक्षक भएको साढे ४ महिनापछि नै पदबाट बर्खास्त परेका हुन्।

रियल एल क्लासिकोमा ५-१ ले पराजित भएको थियो। सोमबार रियलको बोर्ड बैठक बसेको थियो। बैठकले लोपेटगुईलाई बर्खास्त गर्ने निर्णय गरेको रियलको आधिकारिक वेवसाइटले जनाएको छ। रियलको स्टाफ र लोपेटगुईको प्रशिक्षणले क्लबले प्राप्त गरेको नतिजामा धेरै असमानता रहेको क्लबको स्टेटमेन्टमा उल्लेख छ।

गत जुनमा जिनेदिन जिदानले प्रशिक्षक पद छाडेपछि लोपेटगुई स्पानिस राष्ट्रिय टोलीको प्रशिक्षक पद छाडेर रियलको प्रशिक्षक बनेका थिए।

लोपेटगुईको प्रशिक्षणमा रियलले यस सिजन ला लिगामा सम्‍भावित ३० मध्ये १४ अंक मात्र जोड्न सकेको छ। रियल शीर्ष स्थानको बार्सा भन्दा ७ अंकले पछाडी छ र अंकतालिकामा नवौँ स्थानमा छ।

लोपेटगुईलाई बर्खास्त गरेपछि रियलले तत्कालको लागि रियलकै बी टिम कास्टिलाको प्रशिक्षक तथा पूर्व खेलाडी सान्टियागो सोलारीलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ। क्लबका अनुसार उनले मंगलवारदेखि नै क्लबको सिनियर टिम हेर्नेछन्। यस्तै चेल्सीका पूर्व प्रशिक्षक एनुटोनिओ कोन्टे रियलको नयाँ प्रशिक्षक बन्ने चर्चा अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell