
मिस मिस अर्थको १८ औं संस्करणको ‘लङ गाउन’ प्रतियोगिता सोमबार भयो। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी प्रिया सिग्देल पनि प्रस्तुत भइन्। उनी सेतो रङको गाउनमा देखिएकी थिइन्।
लङ गाउन कम्पिटिसनमा फायर ग्रुप अन्तर्गत मिस थाइल्यान्डले गोल्ड मेडल, मिस डोमिनिकन रिपब्लिकले सिल्भर मेडल र मिस रोमानियाले ब्रोन्ज मेडल जिते।
मिस अर्थमा सहभागी ८८ सहभागीहरुलाई एयर, वाटर र फायर गरी तीन वटा समूहमा विभाजन गरी विभिन्न प्रि प्याजेन्ट एक्टिभिटीमा प्रतिस्पर्धा गराइएको छ। त्यसमध्ये फायर ग्रुपमा रहेकी २३ वर्षीया प्रियाले ट्यालेन्ट राउन्डमा सिल्भर मेडल जितिन्। उक्त राउन्डमा उनले ‘मनमगन’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन्।
फिलिपिन्समा भइरहेको प्रतियोगिताको फिनाले नोभेम्बर ३ तारिखमा हुनेछ। जसका लागि १८ जना प्रतिस्पर्धी चयन हुनेछन्। जसमा पूर्व मिस अर्थ फिलिपिन्सकी क्यारेन इबास्कोले विजेतालाई ताज पहिराउने छिन्।