PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सवा लाख अमेरिकी डलरसहित चिनिया नागरिक पक्राउ



पहिलोपोस्ट

सवा लाख अमेरिकी डलरसहित चिनिया नागरिक पक्राउ

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध  रुपमा चीन लैजान लागेकाे सवा एक लाख अमेरिकी डलरसहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ।

विमानस्थलबाट अवैध रुपमा लैजान लागेको १ लाख २६ हजार ४ सय अमेरिकी डलरसहित चिनिया नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

राहदानी नम्बर इडी ४८२९४७८ बाहक इआशालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंबाट चीनको गोन्जाओ जान लागेका उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अवैध रुपमा लुकाइछिपाई लैजान लागेको उक्त डलरसहित प्रहरीले फेला पारेको थियो। 

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell