PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सरकार स‌ंघीयतालार्इ कमजोर बनाउने खेलमा लाग्यो : महेन्द्रराय यादव



पहिलोपोस्ट

सरकार स‌ंघीयतालार्इ कमजोर बनाउने खेलमा लाग्यो : महेन्द्रराय यादव
फाइल फाेटाे

काठमाडाैँः राष्ट्रिय जनता पार्टी, नेपालले सरकार संघीयतालाई कमजोर बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ। सरकार समर्थक राजपाका नेता महेन्द्रराय यादवले संघीयतालाई कमजोर बनाउने गतिविधिमा सरकार संलग्न रहेको दाबी गरेका हुन्।

मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कर बढाएको, महंगी नियन्त्रण गर्न नसकेको, निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गरे।

नेता यादवले संवैधानिक व्यवस्था अनुसार संघीयताका लागि आवश्यक नीति, निर्देशन र कानुन निर्माणको काममा ढिलाई नगर्न सरकारलाई अाग्रह गरे। उनले अस्थायी कर्मचारीहरुलाई नहटाउन  सरकारलाई सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell