काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा विखण्डनकारीहरु बढ्दै गएको भन्दै उनीहरूकाे नागरिकता खारेज गर्नुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लबले साेमबार काठमाडौंमा आयोजना गरेकाे कार्यक्रममा नेता भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग पनि गरे।
उनले देशमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रको हितमा आँचआउने खालका काम गर्नेहरुको नागरिकता खारेज हुनु पर्ने बताए। भण्डारीले भने,‘संसारमा यती अराजक र भ्रष्टहरु कहीँ पनि छैन। स्वर्गलाई नर्क बनाउन खोजिएको छ।’
कुनै पनि नेतामा इच्छा शक्ति नभएकाले परिवर्तन हुन नसकेको बताउँदै उनले भने,‘नेतामा लगाब भएन। राष्ट्रवादी नेता कोही पनि छैनन्। सफल हुनका लागि इच्छा शक्ति र मिहिनेत हुनुपर्छ।’
नेपालका युवा नेताहरुले पनि हाइ काढ्ने काम मात्रै गरेको भन्दै भण्डारीले युवा नेताहरुले बूढा नेताहरुको लगौँटी समातेर राजनीति गर्ने गरेको अाराेप लगाए।