PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

'मिटू' को मजाकले एपी वान टिभी माफी माग्न बाध्य



पहिलोपोस्ट

'मिटू' को मजाकले एपी वान टिभी माफी माग्न बाध्य

यौन दुर्व्यवहारविरुद्धको अभियान ‘मिटू’लाई मजाकको विषय बनाउँदा नेपाल आइडल टिम आलोचनाको शिकार भएपछि प्रसारण संस्था माफी माग्न बाध्य भएको छ।

बिहीबारको कार्यक्रममा मिटू पदावलीको गलत प्रयोग गरिएको र विश्वव्यापी अभियानमाथि मजाक गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको थियो।

अन्नपूर्ण मिडिया नेटवर्क सबै प्रकारका यौन हिंसा/दुर्व्यवहारको सदैव विरोध गर्छ। गत बिहिबार नेपाल आइडलको एपिसोडमा आगन्तुक कलाकार सन्दीप क्षेत्रीसँगको प्रहसन संवादमा मिटू शब्दावलीको प्रयोग आपत्तिजनक लागेकोमा नेपाल आइडल टीम तथा एपीवान क्षमायाचना गर्दछ। 


कार्यक्रममा सन्दिप क्षेत्रीले स्टेजमा रीमा विश्वकर्मालाई अंकमाल गर्न खोज्दा मिटू भनेकी थिइन्। जसलाई पछ्याउँदै सन्दिपले मि थ्री र आशिफ शाहले मि फोर भनेका थिए। भिडियो फुटेजसहितको विरोध भएपछि च्यानलको आधिकारिक ट्विटरबाट माफी मागिएको हो। नेपाल आइडल टिम र सम्बन्धित प्रस्तोता साथै सेलिब्रेटी भने विषयमाथि मौन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell