PahiloPost

Jan 11, 2026 | २७ पुष २०८२

बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष श्रेष्ठ भ्रष्टाचारी ठहर



पहिलोपोस्ट

बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष श्रेष्ठ भ्रष्टाचारी ठहर
फाइल फाेटाे

काठमाडौँः भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचार ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु प्रमोदकुमार श्रेष्ठ र रत्नबहादुर बागचन्दको इजलासले उनले भ्रष्टाचार गरेको ठहर गरेको हो। उनलार्इ १ करोड १८ लाख ६६ हजार ५ सय जरिवान र एक वर्ष कैद हुने भएको छ।

अध्यक्ष श्रेष्ठले अस्पतालमा सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैर-कानूनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुनमा अध्यक्ष श्रेष्ठविरुद्ध १ करोड ६७ लाख ५७ हजजार एक सय रुपैयाँ विगो दावीसहित मुद्दा दायर गरेको थियो।

श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई समेत प्रतिवादी कायम गरी मंगलवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको थियो। तर, उनले सफाइ पाएकी छन्।

त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमकी कर्मचारी उर्मिला लामाविरुद्ध विशेष अदालतले भ्रष्टाचार ठहर गरेको फैसला न्यायाधीश द्वारिकामान जोशी, चण्डीराज ढकाल, नारायणप्रसाद पोखरेलको इजलासले सुनाएको हो। १४ लाख ७० हजार हजार ७ सय रुपैयाँ राजस्व हिनामिना गरेको अभियोगमा २९ लाख ४१ हजार ५ सय जरिवानासहित २ वर्ष ६ महिना कैद सजाय सुनाएको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell