PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

उपराष्ट्रपति पुनकाे चीनका पत्रकारलाई आग्रहः नेपालको पर्यटन क्षेत्रको प्रचार गरिदिनुस्



रासस

उपराष्ट्रपति पुनकाे चीनका पत्रकारलाई आग्रहः नेपालको पर्यटन क्षेत्रको प्रचार गरिदिनुस्
फाइल फाटाे

काठमाडौँः उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गरिदिन चीनका पत्रकारलाई आग्रह गरे छन्। 

नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारलाई राष्ट्रपतिको समेत जिम्मेवारी सम्हाले उपराष्ट्रपति पुनले चीनमा प्रचार प्रसार गरेर नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन आग्रह गरेका हुन्। 

‘अल चाइना जर्नालिस्ट एशोसिएशन’का महासचिव पान काङ नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलले आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा उनीसँग भेट गरेको थियो। 

भेटमा उपराष्ट्रपति पुनले नेपाल र चीनका पत्रकारले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनमा योगदान दिनुपर्ने उल्लेख गर्दै पत्रकारले जनतालाई सु–सूचित गराउनुपर्ने बताए। 

'नेपाल आर्थिक समृद्धिको मार्गमा छ, जलविद्युत्, कृषि, पर्यटन, जडीबुटी क्षेत्रको विकास र पूर्वाधार निर्माण नेपालको समृद्धिका आधार हुन्', उनले भने, 'चिनियाँ पत्रकार मित्रहरुलाई मेरो आग्रह छ, नेपालको पर्यटनका बारेमा चीनमा प्रचार प्रसार गरिदिनुस्, त्यसबाट धेरैभन्दा धेरै चिनियाँ मित्रहरु नेपालको भ्रमणमा आऊन् भन्ने मेरो आग्रह छ।' 

सो अवसरमा अल चाइना जर्नालिस्ट एशोसिएशनका महासचिव काङले नेपाल चीन सम्बन्धलाई थप प्रगाढ बनाउन दुई देशका पत्रकारबीच बलियो सहकार्य भइरहेको बताउँदै नेपालको पर्यटन प्रवर्द्धन र समृद्धिका लागि आफूहरुको सक्दो सहयोग हुने विश्वास व्यक्त गरे। 

उपराष्ट्रपतिसँग यिपिनका उपप्रमुख भेट 

यसैबीच उपराष्ट्रपति पुनसँग यी पिन जनसरकार, सिचुवान चीनका उपप्रमुख चाङ्ग फिङ्गले शिष्टाचार भेट गरेका छन्। उनले सोमबार दिउँसो उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । चीनको यी पिन शहर र पोखराबीच भगेनी सम्बन्ध छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell