.jpg)
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व राजा ज्ञानेन्द्र शाहले 'गेट वेल सून' सन्देश पठाएका छन्।
सोमबार बिहानदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भई उपचार गराइरहेका ओलीलाई पूर्वराजाले आफ्ना मुख्य सचिव पशुपतिभक्त महर्जनमार्फत् स्वास्थ्य लाभको कामना गरेका हुन्।
महर्जनले आज दिउँसो अस्पताल गई पूर्वराजाको सन्देश सुनाउँदै प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए।
उपचारमा संलग्न चिकित्सक टोलीको नेतृत्व गरिरहेका डाक्टर अरुण सायमिका अनुसार इन्फेक्सन हुने डरले अहिले अस्पतालमा भेटघाट रोकिएको छ। मंगलबार साँझको स्वास्थ्य ब्रिफिङमा उनले प्रधानमन्त्रीको स्वास्थ्य ८० प्रतिशत ठीक भइसकेको दावी गरेका छन्।