PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा फेक न्युज राख्ने पाथीभरा अनलाइनका सञ्चालक पक्राउ



पहिलोपोस्ट

प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा फेक न्युज राख्ने पाथीभरा अनलाइनका सञ्चालक पक्राउ

काठमाडौँ : प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा सामाजिक सञ्जालमा झुटा र भ्रमपूर्ण समाचारहरु सामाजिक सञ्जालमार्फत् फैलिएपछि प्रहरीले कारबाही सुरु गरेको छ। 

यस क्रममा आज पाथीभरा अनलाइन डट कमका अध्यक्ष तथा सञ्चालक हरिप्रसाद मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाका अनुसार स्याङजाको हरिनाथ गाउँपालिका घर भएका ४६ वर्षका मानन्धरलाई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ बाट पक्राउ गरिएको हो। 

उक्त अनलाइनमा भ्रमपूर्ण शीर्षक राखी सामाजिक सञ्जालमार्फत् फेक न्युज सेयर गरिएको थियो। 

प्रहरीले भ्रमपूर्ण समाचार राख्नेहरुविरुद्ध कारबाही जारी राख्ने बताएको छ। 

आफ्नो बारे भ्रामक समाचार फैलिएपछि प्रधानमन्त्री ओलीले आजै एक वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको बताएका छन्। केही अनलाइन र सामाजिक सञ्जालमा प्रधानमन्त्रीको निधन भएका भ्रामक खबर फैलिएका थिए। 

'सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ । यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु’, जारी वक्तव्यमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell