PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

उपत्यकामा अब दिउँसो पनि टिपर सञ्चालनको अनुमति



पहिलोपोस्ट

उपत्यकामा अब दिउँसो पनि टिपर सञ्चालनको अनुमति

काठमाडौँः काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले चालक अनुमतिपत्र, ब्लूबुक प्रतिलिपि, हालसालै खिचिएको फोटोसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिने चालकलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न दिने निर्णय गरेको हो।

गत साउनदेखि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुँदै आएको ट्रक तथा टिपर आजदेखि कात्तिक मसान्तसम्मलाई दुई घण्टा बढाएर साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्तकुमार पन्तले जानकारी दिए। बैठकले तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वलाई लक्ष्य गरी सुरक्षालाई थप प्रभावकारी बनाउने, देउसीभैलो कार्यक्रमलाई १० बजेसम्म सञ्चालन गर्न दिने, पटकालगायतका वस्तुलाई पूर्णतया नियन्त्रण गर्ने निर्णयसमेत गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell