PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

उखुको भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ



रासस

उखुको भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ
प्रतिकात्मक फाेटाे

काठमाडौँः उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ।
अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीको सञ्चालक हुन।

इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले रु आठ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले रु ३८ करोड ६८ लाख किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ। 

कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा मंगलबार मात्रै गृहमन्त्रालयले पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि उद्योगी अग्रवाललाई बुधबार पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell