PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मिटू मूभमेन्ट : नगरकोट जाने प्रस्ताव ल्याउनेको नाम खोलिन् बेनिशाले : 'सिइओ हैन ब्रान्च मेनेजर', फोटो खिच्ने एजेन्सीले खुलायो बैँकको नाम



रीना मोक्तान

मिटू मूभमेन्ट : नगरकोट जाने प्रस्ताव ल्याउनेको नाम खोलिन् बेनिशाले : 'सिइओ हैन ब्रान्च मेनेजर', फोटो खिच्ने एजेन्सीले खुलायो बैँकको नाम

हालै एक भिडियो अन्तर्वार्तामार्फत अभिनेत्री बेनिशा हमालले ७ वर्षअघि भएको यौन दुर्व्यवहार बारे बोलिन्। मि टु मुभमेन्टको सन्दर्भमा उनले बैँकका सिइओकोतर्फबाट नगरकोट घुम्न जाने प्रस्ताव आएको बताएकी थिइन्। तर भिडियोमा उनले न सिइओको नाम बताउन सकेकी थिइन् न बैँकको नाम। नाम बताउन नसकेकोमा उनले आलोचना खेपिन्। 

आलोचना बढेपछि उनले मिडिया संयोजकको नाम पहिलोपोस्टलाई बताइन्। उनका अनुसार त्यो प्रस्ताव लिएर आउने मिडिया हबका हरि सुवेदी हुन्। उनले भनिन्, 'मैले आफ्नो कुरा बेठीक होइन भन्ने प्रमाणित गर्नु थियो। किनकि नाम नभन्दा धेरैले प्रश्न गरे।‘ 

उनले सुवेदीका तर्फबाट प्रस्ताव पनि सिइओले नभई  ब्रान्च मेनेजरले गरेको बताइन्। 'झुक्किएर भिडियोमा सिइओ भनेछु, खासमा मेनेजर रहेछन्', उनले भनिन्।

बेनिशाले त्यतिखेर भर्टेक्स एड एजेन्सीका तर्फबाट बैंकका लागि फोटोसुट गराएकी थिइन्। एजेन्सीले पनि उक्त प्रस्ताव सिइओले नभई ब्रान्च मेनेजरले गरेको पुष्टि गरेको छ। 

भर्टेक्स एड एजेन्सीका सम्बन्धित व्यक्ति नाम नखुलाउने शर्तमा पहिलोपोस्टसँग बोल्न तयार भए। उनले बेनिशालाई बहिनी मानेका आधारमा फोटोसुट गराएको बताए। उक्त फोटो सुट सुशील क्षेत्रीले गरेका थिए। भने- 'घटनामा मुछिन मन छैन। सिटिजन्स बैंकका लागि फोटो खिचाएका थियौं। हामीले फोटो खिच्यौं। त्यसपछिको कुनै घटना थाहा छैन।‘

उनले भने, 'नगरकोट जाने प्रस्ताव बैंकका सिइओ नभई कुनै म्यानेजरले गरेका थिए। सायद बेनिशा बहिनी झुक्किनु भयो।‘

बेनिशाले भनिन्, 'मैले भोगेको कुरा हो। ७ वर्ष अगाडि मैले मेरा मिल्ने साथीहरु केकी र रीमालाई यसबारे भनेकी थिएँ। त्यतिखेर त्यो प्रस्ताव ल्याउने मिडिया संयोजकको नाम थाहा थिएन। अहिले नाम थाहा भएपछि सामाजिक सञ्जालमा त्यो मान्छेलाई हेरें। परिवारसँग फोटो देख्दा सहानुभूति जाग्यो।' 

‘इन्डस्ट्रीमा सायद धेरैले त्यस्ता घटनाको सामना गर्नु भएको छ होला। फरक यत्ति हो मैले बोलें। अरुले बोलेनन्', थपिन्। 

(*थप तथ्यसहित अपडेट गरिएको)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell