PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कास्मिर ‘कालो दिन’ होइन ‘स्वतन्त्रता दिवस’ मनाउन चाहन्छ



विधुर ढकाल

कास्मिर ‘कालो दिन’ होइन ‘स्वतन्त्रता दिवस’ मनाउन चाहन्छ

काठमाडौँः पछिल्लो ३० वर्षमा भारत अधिनस्त जम्मु कास्मिरमा एक लाख भन्दा बढी मानिसहरुले अनाहकमा ज्यान गुमाएका छन्। त्यहाँको सैन्य हिरासतमा ८ हजार १ जना मानिसले ज्यान गुमाएका छन्। यसबीचमा एक लाख ४४ हजार १७ जना हिरासतमा रहेका छन् भने करिब १० हजार जना वेपत्ता पारिएका छन्।

हरेक वर्ष स्वतन्त्र कास्मिरको पक्षधरहरुले कास्मिर व्ल्याक डे मनाउँदै आएका छन्। हरेक वर्ष अक्टोवर २७ मा यो दिवस मनाइँदै आएको छ। तर नेपालमा यसपटक काठमाडौंमा ३१ अक्टोवरमा यो दिवस मनाइएको छ।

‘हामीले हरेक वर्ष कास्मिरमा हुँदै आएको मानव अधिकार हनन् विरुद्ध कालो दिन मनाउँदै आएका छौँ,’ पाकिस्तानी दूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले भने, ‘हामी कालो दिन होइन कास्मिरको स्वतन्त्रता दिवस मनाउन चाहन्छौँ।’

उनले भारत अधिनस्थ कास्मिरमा भारतले राज्य आतंक फैलाएको आरोपसमेत लगाए।

उनले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवं जनता आभारी भएको बताए।

उनले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई देशबीचको सम्बन्ध सुदृढ रहेको बताए।

‘दुबै देशले एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अवलम्बन गरेका छन्,’ उनले भने। जम्मु–काश्मिर समस्या समाधान संयुक्त राष्ट्र संघको प्रस्तावअनुसार जनमतसंग्रहको माध्यमबाट हुनुपर्ने बताए।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले जनवरी २०, १९८४ मा प्रस्तावना पारित गर्दै कास्मिर विषयको शान्तिपूर्ण समाधानको लागि आग्रह गरेको थियो। राष्ट्र संघले तीन सदस्यीय आयोग गठन गरेको थियो। आयोगको प्रस्तावअनुसार राष्ट्र संघले जम्मु कस्मिरका जनतालाई आफ्नो राष्ट्रियता रोज्न जनमत संग्रह गर्ने प्रस्ताव गरेको थियो। तत्कालीन समयमा दुबै देशले यसलाई स्वीकार गरे पनि भारत यसबाट पछि हटेको आरोप पाकिस्तानले लगाउँदै आएको छ।

राजनीतिक विश्लेषक शास्त्रदत्त पन्तले काश्मिर समस्या दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रको समेत चासोको विषय भएकाले समाधानका लागि सबैले मिलेर संयुक्त राष्ट्र संघलाई घच्घच्याउनु पर्ने बताए। उनले भारतले जम्मु कस्मिरमा मानव अधिकारको उल्लंघन गरिरहेको आरोप लगाए।

‘जम्मु र कास्मिर समस्या सार्कसँगै बिम्स्टेक राष्ट्रको शान्तिको प्रश्न पनि हो। यसको समाधानका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ,’ उनले भने।

पछिल्लो तीन दशकमा जम्मु कास्मिरमा ११ हजार ७७ जना महिलाहरु बलात्कारको शिखार भएका छन् भने प्यालेट गनबाट १५ हजार ३७५ मानिसहरुले आफ्नो दृष्टि गुमाएका छन्।

पछिल्ला दुई वर्षमा जम्मु कस्मिरमा हिंसा बढ्दै गएको छ। २०१६ मा एक सशस्त्र समूह हिज्वुल मुजहिद्दिनका सदस्य २२ वर्षिय बुर्हन वनीको भारतीय सुरक्षाकर्मीले हत्या गरेपछि फैलिएको हिंसा रोकिएको छैन।

यी दुई वर्षमा करिब १४५ निहत्था नागरिकको हत्या भएको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell