PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

शिक्षा, कृषि र खाद्य सुरक्षामा लगानी गर्न कतारलाई आग्रह, दुई समझदारीपत्रमा हस्ताक्षर



पहिलोपोस्ट

शिक्षा, कृषि र खाद्य सुरक्षामा लगानी गर्न कतारलाई आग्रह, दुई समझदारीपत्रमा हस्ताक्षर
photo gulf-times

काठमाडौँः राष्ट्रपति विद्यादेवि भण्डारीले कतारसँग नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्। कतारी आमिर शेख तामिम विन हमाद अल थानीसँगको भेटमा उनले कतरालाई नेपालमा लगानी गर्न आग्रह गरेकी हुन्। कतारको आमिर दिवानमा भएको भेटवार्तामा उनले नेपालको शिक्षा, कृषि तथा खाद्य सुरक्षाका क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन्।

भेटमा दुई देशबीचको द्वीपक्षीय सम्बन्धको विकासका विषयमा छलफल भएको थियो। त्यस्तै लगानीका विभिन्न क्षेत्रहरु, शिक्षा, कृषि तथा खाद्य सुरक्षाका साथै अनुभवकको आदानप्रदानको क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको गल्फ टाइम्सले जनाएको छ।

भेटवार्तामा आमिर अल थानीले भ्रमणले दुई मित्र देशहरुबीच आफ्ना जनताको साझा स्वार्थका विभिन्न क्षेत्रमा सहयोगको वातावरण बनेको बताए। छलफलमा नेपाली कामदारको सुरक्षाका साथै कामदार सम्बन्धि कतार सरकारको नीतिको विषयमा चासो व्यक्त गरेकी थिइन्।

यसैबीच दुई देशबीच दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई देशबीच नेपालका कुटनीतिक राहदानी बहाकलाई कतार प्रवेश गर्दा अनिर्वाय भिसा लिनुपर्ने व्यवस्था खारेज गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ। यो समझदारीसँगै कुटनीतिक राहधानीबहाकलाई भिसा विना कतार प्रवेशमा सहजता हुने छ।

त्यस्तै दुई देशबीच कृषि तथा खाद्य सुरक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गरेका हुन्।

यसैबीच राष्ट्रपति भण्डारीले कतारका व्यवसायी तथा लगानीकर्ताहरुसँग समेत सामुहिक भेट गरेकी छिन्। भेटमा उनले नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्।

त्यस्तै राष्ट्रपति भण्डारीले कतार च्याम्वरले आयोजना गरेको कार्यक्रममा नेपालमा लगानीको वातावरण भएको भन्दै त्यसको फाइदा लिन आह्वान गरिन्। उनले नेपालमा लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको भन्दै लगानी गर्न आग्रह गरिन्।

यता परराष्ट्रमन्त्री ज्ञवाली र त्यहाँका प्रशासनीक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इसा साद अल जफाली अल नुआइमीबीच भेटवार्ता भएको छ। भेटका क्रममा नेपाली कामदारको सुरक्षाका विषयमा छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell